जान मुल्डर सन् १९९४ देखि डच उदारवादी दल ' भीभीडी ' का तर्फबाट युरोपेली संसदका सदस्य हुनुहुन्छ र उहाँ संसद् मा अलायन्स अफ लिबरल्स एन्ड डेमोक्र्याट्स फर युरोप (एएलडीई)का सदस्य हुनुहुन्छ।
उहाँ वि.सं. २००० असोज १७ गते नेदरल्यान्ड्सको डिएभरमा जन्मनुभएको हो र अझै त्यहीँ बस्नुहुन्छ। उहाँले वागेनिन्गेन विश्वविद्यालयबाट कृषि इन्जिनियरमा स्नातक गर्नुभयो र त्यसपछि खाद्य तथा कृषि सङ्गठन (एफएओ)का लागि विकासोन्मुख देशहरू , डच विदेश मन्त्रालय तथा युरोपेली आयोगमा कृषिविज्ञका रूपमा काम गरिसक्नुभएको छ।
|