European Union Election Observation Mission to Nepal 2008 European Union
Nepal
EU

मुख्य टोली

थोमस बोसेरप, उपप्रमुख पर्यवेक्षक (डेनमार्क)

थोमसले निर्वाचनको क्षेत्रमा सन् १९९४ देखि काम गर्न थाल्नुभयो र त्यसयता विश्वभरिका बीसभन्दा बढी निर्वाचन पर्यवेक्षण मिसनमा सहभागी भइसक्नुभएको छ। बोस्निया हर्जगोभिनामा ओएससीईले सुपरिवेक्षण गरेको निर्वाचनका लागि सन् १९९-९८ मा र कोसोभोमा सन् १९९८२००१ मा काम गर्नुभएका उहाँसँग निर्वाचन व्यवस्थापन , प्राविधिक सहायता तथा बन्दोबस्तसँग सम्बन्धित व्यापक अनुभव रहेको छ। उहाँ भेनेजुएलामा ईयू ईओएमका उपप्रमुख पर्यवेक्षक (सन् २००६) तथा कजाकस्तान (सन् २००४) मा र रुस (२००४) मा ओएससीईको मिसनका उपप्रमुख हुनुहुन्थ्यो।

 

Thomas Boserup, Deputy Chief Observer (Denmark)

इडोया आरान्सेटा, कानुनी तथा मानवअधिकार विज्ञ (स्पेन)

सन् १९९९ देखि इडोयाल बोस्निया हर्जगोभिनामा ओएससीई मिसनका निर्वाचनसँग सम्बन्धित कतिपय पदहरूमा काम गर्नुभएको छ। उहाँले आफ्ना अभिरुचिबीचको र्‍न्र्‍का घटनामा निर्णयकार्यमा सहभागी हुनुभयो , निर्वाचन नियमावलीको मूल्याङ्कन गर्नुभयो तथा निर्वाचन कानुन , व्यक्तिगत अभिरुचिबीचको र्‍न्र्‍सम्बन्धी कानुन तथा राजनीतिक दलको खर्चसम्बन्धी कानुनको मस्यौदा संशोधनमा योगदान गर्नुभयो। उहाँ इक्वेडर (सन् २००७) मा ईयू ईओएमकी उपप्रमुख पर्यवेक्षक हुनुहुन्थ्यो र उहाँले कानुनी तथा निर्वाचन विज्ञका रूपमा सात अन्य देशमा निर्वाचन पर्यवेक्षण गर्नुभएको छ।

Idoia Aranceta , Legal and Human Rights Expert (Spain)


लिने अर्बन, राजनीतिक तथा राष्ट्र विज्ञ (डेनमार्क)

लिनेसँग राजनीतिक सङ्क्रमण , द्वन्द्व न्यूनीकरण , प्रजातान्त्रिकीकरण तथा मानव सुरक्षमा विशेष जोड दिएर अन्तर्राष्ट्रिय सम्बन्धमा विशेषज्ञता गरेको राजनीतिशास्त्रका दुईवटा स्नातकोत्तर उपाधि छन्। उहाँले द्वन्द्व न्यूनीकरण तथा मानवीय सहायता प्रदान गर्ने कार्यबारे दक्षिणपूर्वी एसिया , सुडान तथा युरोपमा काम गर्नुभएको छ। सन् २०४० मा लिनेले नेपालमा कूटनीतिक मिसनमा काम गर्नुभयो र द्वन्द्व , मानवअधिकार तथा शान्ति प्रक्रियालाई समावेश गरिएको राजनीतिक अवस्थासम्बन्धी प्रतिवेदनमा नियमितरूपमा योगदान गर्नुभयो।

 

Line Urban, Political and Country Expert (Denmark)

एरिक देस प्यालियर्स, निर्वाचन विज्ञ (फ्रान्स)

एरिकसँग प्रजातान्त्रिकीकरण , निर्वाचन तथा द्वन्द्व समाधानसम्बन्धी दस वर्षभन्दा बढीको अनुभव छ। उहाँले उहाँले मध्य तथा दक्षिणपूर्वी एसिया , मध्य अफ्रिका तथा बाल्कन क्षेत्रमा ईयू , संयुक्त राष्ट्रसङ्घ तथा ओएससीईका लागि प्राविधिक सहायता तथा निर्वाचन पर्यवेक्षणमा काम गर्नुभएको छ। सन् २००५ - ०६ मा उहाँ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ईयू ईओएमको उपप्रमुख पर्यवेक्षक हुनुहुन्थ्यो र मौरिटानिया (२००७) तथा बुरुन्डी (२००५) मा ईयू ईओएमका लागि निर्वाचन तथा कानुनी विज्ञका रूपमा पनि काम गर्नुभयो। एरिकसँग अन्तर्राष्ट्रिय राजनीति तथा व्यवस्थापन दुवैको स्नातकोत्तर उपाधि रहेको छ।

 

Eric Des Pallieres, Election Expert (France)

अलेक्ज्यान्डर क्यास्टानियास, आमसञ्चार विज्ञ (ग्रिस)

अलेक्ज्यान्डर निर्वाचनमा केन्द्रित आमसञ्चारसम्बन्धी परामर्शदाता हुनुहुन्छ। उहाँले सार्वजनिक सम्बन्ध (पेरिस) , निर्वाचन प्रशासन (एसेक्स) , आमसञ्चार अनुगमन (पाभिया) बाट सञ्चारमा डिग्री लिनुभएको छ र एकोल फ्रान्सेस दे आत्यासे द प्रेसमा अध्यापन गर्नुभएको छ। निर्वाचन सहायता तथा निर्वाचन पर्यवेक्षण दुवै क्षेत्रमा यूएन , ईयू , ओएससीई तथा आईएफईएससँग काम गरेर विश्वका बीसवटा भन्दा बढी मिसनमा उहाँले भाग लिनुभएको छ। उहाँले ईयूका लागि रुवान्डामा मानवअधिकार सम्बन्धमा र मेडेसिन साँ फ्रन्टियर्सका लागि बुरुन्डीमा मानवीय मामिलामा काम गर्नुभएको छ।

 

Alexandre Castanias, Media Expert (Greece)

अन्ना ओवेन, प्रेस तथा सार्वजनिक बाह्यगमन अधिकृत (संयुक्त अधिराज्य)

अन्ना लन्डनस्थित स्वतन्त्र पत्रकार तथा प्रेस अधिकृत हुनुहुन्छ। उहाँले सन् २००० देखि २००४ सम्म वेल्समा बीबीसीका लागि रेडियो तथा टेलिभिजन समाचारदाताका रूपमा काम गर्नुभयो र त्यसयता संयुक्त अधिराज्यमा कैयौँ बीबीसी कार्यक्रमहरूको उत्पादन गर्नुभएको तथा तिनमा सामग्री दिनुभएको छ। उहाँले ईयूका लागि प्रेस अधिकृतका रूपमा केन्यामा (सन् २००७ - ८) , वेस्ट बैङ्क तथा गाजामा नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) का लागि दीर्घकालीन पर्यवेक्षकका रूपमा (सन् २००५ - ०६) मा तथा जर्जियामा ओएससीईका लागि (२००४) तथा पूर्व युगोस्लाभ गणतन्त्र मेसडोनिया (२००४) मा समेत तेह्रवटा निर्वाचन पर्यवेक्षण मिसनमा भाग लिइसक्नुभएको छ।

 

Anna Owen, Press and Public Outreach Officer (UK)

ज्याभिएर नोक, क्रियात्मक विज्ञ (फ्रान्स)

ज्याभिएर सन् १९९९ देखि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण , प्रशासन तथा प्राविधिक सहायतामा संलग्न हुनुहुन्छ। उहाँले ईयू , यूएनडीपी तथा ओएससीईका लागि एसिया , अफ्रिका , मध्यपूर्व , बाल्कन तथा ल्याटिन अमेरिकामा काम गर्नुभएको छ। हालसालै उहाँलाई सन् २००७ को संसदीय निर्वाचनका क्रममा टोगोस्थित निर्वाचन सहायता आयोजनाका प्रमुख प्राविधिक सल्लाहकारका रूपमा यूएनडीपीले करारमा राखेको थियो।

 

Xavier Noc, Operations Expert (France)

फ्राङ्क बाम, पर्यवेक्षण संयोजक (फ्रान्स)

फ्राङ्कसँग अन्तर्राष्ट्रिय कानुन तथा व्यवस्थापनको स्नातकोत्तर उपाधि रहेको छ। उहाँले विगत आठ वर्षदेखि यूएन , ईयू , आईएफईएस तथा युरोपेली परिषद्मा निर्वाचन पर्यवेक्षण तथा प्राविधिक सहायता विज्ञका रूपमा काम गर्नुभएको छ। उहाँ मौरिटानियामा (२००७) तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा (२००६) ईयूका लागि पर्यवेक्षक संयोजक तथा नाइजेरियामा (२००३) उप पर्यवेक्षक संयोजक हुनुहुन्थ्यो। फ्राङ्कले पूर्वी टिमोर (२००१ - ०२) , नेपाल (२००२) , अफगानिस्तान (२००३ - ०४) तथा इराक निर्वाचनका लागि देशबाहिरको मतदान (२००५) मा यूएन निर्वाचन सहायता शाखामा पनि काम गर्नुभयो।

 

Franck Balme, Observer Coordinator (France)

स्टुवार्ट पाउचर, सुरक्षा विज्ञ (संयुक्त अधिराज्य)

स्टुवार्टले सन् १९७२ मा बेलायती सेनामा प्रवेश गरी सन् १९९३ मा छोड्नुभयो। उहाँ युरोपेली समुदाय अनुगमन मिसनका लागि काम गर्न बोस्नियामा तथा ओएससीई निर्वाचन विभागका लागि कोसोभोमा जानुभयो। त्यहाँपछि उहाँले युक्रेन , क्याम्बोडिया तथा नाइजेरियालगायत कतिपय निर्वाचन पर्यवेक्षण मिसनमा भाग लिनुभएको छ। सन् २००४ मा अफगान शरणार्थीहरूका लागि देशबाहिरको दर्ता तथा मतदानका क्रममा उहाँ पाकिस्तानको पेसावरमा क्षेत्रीय प्रमुख हुनुहुन्थ्यो र सन् २००५ मा इराक निर्वाचनका लागि उहाँ देश (संयुक्त अधिराज्य) का प्रमुख हुनुहुन्थ्यो। सन् २००५ - २००७ मा स्टुवार्टले गाजा , युक्रेन र मोल्दोभामा ईयू सिमाना मिसनहरूमा काम गर्नुभयो। प्रमुख टोलीका सदस्यका रूपमा यो उहाँको तेस्रो ईयू ईओएम हो।

Stuart Poucher, Security Expert (UK)

All rights reserved © EU EOM Nepal 2008