European Union Election Observation Mission to Nepal 2008 European Union
Nepal
EU

परिचय

युरोपेली आयोगले २०६४ चैत २८ गते हुने तय भएको संविधानसभाको निर्वाचनका लागि नेपालमा एउटा निर्वाचन पर्यवेक्षण मिसन (ईयू ईओएम) परिचालन गरेको छ। युरोपेली संसद्का डच सदस्य , प्रमुख पर्यवेक्षक जान मुल्डरले मिसनको नेतृत्व गर्नुभएको छ।

निर्वाचनविज्ञहरूको एउटा मुख्य टोली फागुन २६ गते काठमाडौँ आइपुग्यो र त्यसको केही समयपछि नै दीर्घकालीन पर्यवेक्षकहरू आइपुग्नेछन् जसलाई निर्वाचनका दिनसम्म , निर्वाचनको दिन र परिणामको सारिणीकरणका प्रमुख पक्षहरूको पर्यवेक्षण गर्न देशभरि खटाइनेछ। मतदान तथा मतगणनाको प्रक्रियाको पर्यवेक्षण गर्न निर्वाचनको दिन र त्यसको केही दिनअघिको अवधिमा अल्पकालीन पर्यवेक्षकहरूको एउटा समूहले मुख्य टोली तथा दीर्घकालीन पर्यवेक्षकहरूलाई साथ दिनेछन्।

वास्तविक निर्वाचनसम्बन्धी अन्तर्राष्ट सिद्धान्तअनुरुप निर्वाचनको मूल्याङ्कन गर्नु मिसनको सामान्य कार्यादेश हो। निर्वाचन प्रक्रियाको विस्तृत मूल्याङ्कन गर्ने आफ्नो कार्यादेश पूरा गर्न तथा निर्वाचनको निष्पक्ष , सन्तुलित तथा सुसूचित विश्लेषण गर्न ईयू ईओएमले स्वतन्त्रतापूर्वक कार्य गर्नेछ। यो पर्यवेक्षण कार्य विश्वभरि मानवअधिकार तथा प्रजातान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने युरोपेली सङ्घको एउटा महत्वपूर्ण पक्ष हो।

निर्वाचन प्रक्रियाको पूर्णता तथा समाप्तिसम्म ईयू ईओएम देशमा रहनेछ। ईयू ईओएमले वास्तविक प्रजातान्त्रिक निर्वाचनसम्बन्धी अन्तर्राष्टि्रय मापदण्ड तथा सिद्धान्तअनुरूप तथा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा सन् २००५ अक्टोबरमा निर्वाचन पर्यवेक्षणमा संलग्न कैयौँ अन्तर्राष्टि्रय निकायहरू द्वा रा पारित अन्तर्राष्टिय निर्वाचन पर्यवेक्षण सिद्धान्त घोषणापत्र अनुरूप कार्यान्वित निर्वाचन प्रक्रियाको विस्तृत मूल्याङ्कन गर्नेछ।

 

 

All rights reserved © EU EOM Nepal 2008