European Union Election Observation Mission to Nepal 2008 European Union
Nepal
EU

सञ्चार अनुगमन विधि

सञ्चार माध्यमले समेटेका विषयहरूको अनुगमनका लागि ईयू ईओएम ्‌ ले अपनाएको विधि इटाली स्थित संस्था Osservatorio di Pavia द्वारा डिजाइन गरेको हो जसमा जर्मनीको डुसेलडर्फ स्थित संस्था यूरोपियन इ न्स्टि च्युट फर द मिडिया (ईआईएम्) का केही विधिहरूको पनि प्रयोग गरिएको छ। यी दुवै संस्थाहरूले मध्य र पूर्वी यूरोप , पूर्व सोभियतसंघ , अफ्रिका र एसियाका ६० वटाभन्दा बढी निर्वाचनको सञ्चार अनुगमन गरेका छन्।

हामी कसरी अनुगमन गर्छौँ? नमूनाका रूपमा छानिएका नेपालका सञ्चार माध्यमहरूको कामको निगरानी सञ्चार एकाइले गर्छ। सञ्चार अनुगमनले मुख्य राजनीतिक निकाय र व्यक्तिहरूले सञ्चार माध्यमहरूमा कत्तिको स्वतन्त्र र सन्तुलित ठाउँ पाएका छन् भन्ने कुराको निगरानी गर्छ।

हामी कसको अनुगमन गर्छौँ? हामी सरकार , उम्मेदवारहरू , राष्ट्रिय सङ्घ संस्थाहरू , नागरिक समाज तथा अन्य सरोकारवालाहरू जस्ता मुख्य राजनीतिक निकाय र व्यक्तिहरूको अनुगमन गर्छौँ।

हामी के अनुगमन गर्छौँ? हामी समाचार , वार्ता कार्यक्रमहरू , प्रायोजित राजनीतिक विज्ञापन वा अन्य सान्दर्भिक राजनीतिक सञ्चार सामग्रीहरूको अनुगमन गर्छौँ। अनुगमनको परिमाणात्मक भागमा प्रतिनिधिमूलक नमूना सामग्रीहरूको विषयवस्तुको विश्लेषण गरिन्छ। रेडियो , टेलिभिजन र समाचारपत्रहरूलाई नमूना सामग्रीमा समावेश गरेर तिनको दैनिक रूपमा विश्लेषण गरिन्छ। गुणात्मक विश्लेषणमा दुई भाग हुन्छन्: आमसञ्चार माध्यमहरूको आशय र मूल्याङ्कन। आचार संहिताको उल्लङ्घन भएका सामग्रीहरूको अभिलेख राखिने छ।

विद्युतीय माध्यमहरू

रेडियो र टेलिभिजनको अनुगमन सबैभन्दा धेरै हेरिने समय ( प्राइम टाइम ) मा प्रसारित सम्पूर्ण कार्यक्रमहरूको विश्लेषणका आधारमा गरिन्छ। प्रत्येक राजनीतिक दल र उम्मेदवारले प्रत्येक च्यानलमा कति ठाउँ पाउँछन् भन्ने कुराको लेखाजोखा राख्‍नका लागि अनुगमनकर्ताहरूले प्रशारणको समयबद्ध अभिलेख राख्छन् । त्यसका अतिरिक्त , प्रत्येक उम्मेदवारले पाएको समयलाई सामग्रीको ध्वनिका आधारमा नकारात्मक , तटस्थ र सकारात्मक भनेर छुट्याइएको छ। अनुगमनले समाचार र समसामयिक कार्यक्रम मा उम्मेदवारहरूले सन्तुलित स्थान पाए नपाएको कुराका साथै तिनीहरूको ध्वनि कत्तिको सन्तुलित छ भन्ने कुराको पनि विश्लेषण गर्छ।

छापा माध्यम

उम्मेदवार तथा निर्वाचनमा उठेका दलहरूले पाएको ठाउँका बारेमा विश्लेषण गर्न समाचारपत्रहरूको दैनिक अनुगमन गरिने छ।

 

All rights reserved © EU EOM Nepal 2008