European Union Election Observation Mission to Nepal 2008 European Union
Nepal
EU

ईयू ईओएमको भूमिका

देशका प्रजातान्त्रिक संस्था तथा प्रक्रियाको विकासमा सघाउनु तथा साझेदार राष्ट्रहरूलाई उच्चस्तरको निर्वाचन सम्पन्न गर्ने उनीहरूको उद्देश्यमा मद्दत गर्नु विश्वभरि ईयू ईओएमको उद्देश्य हो। यस सन्दर्भमा ईयू ईओएमले निर्वाचन प्रक्रियाको विस्तृत विश्लेषण गर्छ र स्वतन्त्रतापूर्वक सहभागी बन्न मतदाताहरूको विश्वास अभिवृद्धि गर्न निष्पक्ष तथा सुसूचित मूल्याङ्कन उपलब्ध गराउँछ।

पर्यवेक्षण मिसनले निर्वाचन क्षेत्र निर्धारण , मतदाता तथा उम्मेदवारको दर्ता , निर्वाचनका कर्मचारीको तालिम , मतदाता शिक्षा , सञ्चारमाध्यमको सम्प्रेषण , निर्वाचन अभियान तथा निर्वाचनका दिनका लागि तयारीलगायत निर्वाचन प्रक्रियाको सबै पक्षको मूल्याङ्कन गर्छ।

यसले यसले संवैधानिक तथा निर्वाचनसम्बन्धी खाकाको मूल्याङ्कन पनि गर्छ। प्रारम्भ , मतदान , मतगणना तथा परिणामको जोड्ने कार्यको पर्यवेक्षण गर्न निर्वाचनका दिन पर्यवेक्षकहरूले मतदान केन्द्रको भ्रमण गर्छन्। ईयू निर्वाचन सहायता तथा पर्यवेक्षणसम्बन्धी युरोपेली आयोगको सञ्चारमा यसका मूलभूत सिद्धान्तहरू तोकिएका छन्।

अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण सम्पूर्ण क्षेत्रको सम्मिलन , निष्पक्षता , पारदर्शिता तथा व्यावसायिकताको सिद्धान्तमा आधारित छ। राष्ट्रिय क्षमताको विकासमार्फत् प्रत्येक देशभित्र प्रजातन्त्रलाई गहिराइसम्म पुर्‍याएर अतिरिक्त कार्य गर्नु यसको अन्तिम उद्देश्य हो। आवश्यकता परेमा निर्वाचन प्रक्रियालाई वैधता दिनु तथा निर्वाचन प्रक्रियामा आम विश्वास वृद्धि गर्नु , धाँधली हुन नदिनु , मानवअधिकारप्रतिको सम्मान बढाउनु तथा र्‍न्र्‍को समाधानमा योगदान गर्नु यसका मुख्य लक्ष्य हुन्।

ईयू निर्वाचन सहायता तथा पर्यवेक्षणसम्बन्धी युरोपेली आयोगको सञ्चारबाट उद्धृत।

ब्रसेल्स , ११ अप्रिल २००० , सीओएम (२०००) , १९१ अन्तिम।

 

All rights reserved © EU EOM Nepal 2008